आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिल्ला रियलको सानदार जित

AuthorAP Khabar२०७६ आश्विन ११, शनिबार (४ साल अघि) ४३५ पाठक संख्या

असोज , ११ : भिल्ला रियलले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसमाथि सानदार जित निकालेको छ ।घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भिल्ला रियलले रियल बेटिसलाई ५–१ गोलले हरायो । भिल्ला रियलको जितमा कार्ल टोको एकाम्बीले ३९औं र ७६औं मिनेटमा दुई गोल गरे ।

सान्ति काजोरलाले ६८औं, जेरार्ड मोरेनो र सामुएल चुक्वुएजेले इन्जुरी समयमा एक एक गोल गरेका थिए । रियल बेटिसका इमरसनले ४८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै सात खेलबाट ११ अंक बनाएको भिल्ला रियल पाँचौ स्थानमा उक्लिएको छ । नवौं सथनमा रहेको रियल बेटिसको आठ अंक छ ।

शीर्ष स्थानमा रहेको रियल म्याड्रिको ६ खेलबाट १४ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका रियल सोसियडाड र एट्लेटिको म्याड्रिको समान १३ अंक छ ।
रतोपाती ;

प्रतिक्रिया दिनुहोस