आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टि.भी.एस. को अधिकृत विक्रेता सगरमाथा मोटर्सद्धारा दौड प्रतियोगीता सम्पन्न

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) ५१० पाठक संख्या

एपी खबर
डेस्क, अशोज १२ : सगरमाथा मोर्टसले शनिवार दौड प्रतियोगीता गरेको छ । स्वास्थ्यका लागि रमाईलो दौड भन्ने नाराका साथ सो प्रतियोगीताको आयोजना गरीएको हो । जीतपुरसिमरा उपमहानगरपालका वडा नम्बर ७ जीतपुरको केराढोका टि.भी.एस.को सोरुम अगाडीबाट शुरु भएको दौड जीतपुर बजार, टेढारोड, हुदैँ पुनः सोरुममै आएका सकिएको थियो ।

प्रतियोगीतामा ६५ जना सहभागी रहेका थिए । भने प्रतियोगीतामा प्रथम राजेन्द्र चौधरी, दोस्रो सुसिल चौधरी र तेस्रो नागेन्द्र धामी भएका थिए । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुनेलाई जीतपुरका लागि टि.भी.एस. को अधिकृत विक्रेता सगरमाथा मोटर्सले टि.भी.एस.को कुनैपनि मोटरसाईकल खरिदमा क्रमश १० हजार, ७ हजार र ५ हजार नगद छुट दिने सगरमाथा मोटर्समा संचालक दिनदयाल चौधरीले जानकारी दिनुभयो । उहाँले प्रतियोगीतामा सहभागी अन्यपनि सान्तोना पुरस्कार स्वरुप मोटरको खरिदमा १ हजार नगद छुट दिने जानकारी दिनुभयो ।

प्रतियोगीताको उद्घान जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ जीतपुरका अध्यक्ष संजय साहले रिबन काटर गर्नुभएको थियो । भने कार्यक्रममा ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी सायक निरिक्षक सुरेश मण्डल, ट्राफिक प्रहरी पोष्ट जीतपुरमा प्रहरी नायब निरिक्षक जयराम पुडासैनि लगाएत विभिन्न संघसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस