आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजदेखि नारायणघाटबाट काठमाण्डौसम्म ठूला गाडी चलाउन रोक

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) ३०३ पाठक संख्या

असोज ,१२ : आइतबारदेखि आउँदो १८ गतेसम्म चितवनको नारायणघाटबाट काठमाण्डौ गुड्ने १० चक्के र त्योभन्दा ठूला गाडी चलाउन नपाइने भएको छ । औषधि, खाद्यान्न र लत्ता कपडा, मासुजन्य पदार्थ तथा तत्काल नष्ट हुने सामग्री बोकेका गाडीलाई भने अवस्था हेरेर पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

यो सडकखण्डमा धेरै गाडी गुड्दा घण्टौँ जाम हुने भएकाले जाम कम गर्न र यात्रा सहज बनाउन ठूला गाडी चलाउन रोक लगाइएको विभागले जनाएको छ ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस