आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शोक मनाउन हेटौँडा उपमहानगर मातहतको कार्यालय बन्द

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) २८० पाठक संख्या

असोज , १२ : हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो ।

सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । प्रमुख महतले सबै जनप्रतिनिधि र कर्मचारी जम्मा भएर श्रद्धाञ्जलि सभा गर्ने पनि जानकारी दिए ।

क्यान्सरपीडित ३९ वर्षीया खुलालको शनिबार चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नगरपालिका प्राङ्गणमा एक घण्टा राखिएको थियो । आज ३ बजे बौद्ध परम्पराअनुसार उहाँको पार्थिव शरीरलाई अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस