आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नौबिसे–नागढुङ्गा सडक खण्ड मर्मत गर्न कठिन

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) २१८ पाठक संख्या

असोज , १२ : त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ ।डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउछन ।

सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउछन । सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी बताउछन । दोस्रो बोलपत्रको तयारी भइरहेको छ ।

काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनीहरुले मुग्लिनदेखि पिप्लामोडसम्म नै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उहाँको भनाइ छ ।यस वर्षको दशैँअघि मालवाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आएका इन्जिनीयर हरिकुमार ठकुरी बताउछन । साउन र भदौ महीनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न शुरु गरिएको भए पनि सवारी चापका कारण काम सक्न नसकिएको ठकुरी बताउछन ।नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस