आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छिमेकीबीच झगडा हुँदा एकको मृत्यु

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) २८७ पाठक संख्या

असोज , १२ : कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते भएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ढकाल र सार्कीबीच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुँदै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस