आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्थायी समिति बैठकमा गौतम बुद्धको पढाइबारे चर्चा !

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं , पौष ०३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी समिति बैठक लगातार चलिरहेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफलसँगै स्थायी समिति सदस्यहरुले बोल्ने क्रम जारी छ ।

स्थायी समिति सदस्य वामदेव गौतम, हरिबोल गजुरेलले फरक प्रतिवेदन पनि दर्ता गराउनु भएको छ । दुईतिहाइको सरकार, नौ महिना पूरा गरेको सरकार र बाँकी कार्यभारसँगै पार्टी एकीकरणका तमाम मुद्दा स्थायी कमिटीमा छलफलको विषय हो । सबैभन्दा चिन्ताको विषय होः समृद्धि । यसका लागि आर्थिक वृद्धि हुनुपर्छ । तर यो अवस्था छैन ।

नेकपाकै केन्द्रीय सदस्य विष्णु रिजाललेले फेसबुकमा समृद्धि सपनासँग जोडिएको आर्थि वृद्धि नभएको डरलाग्दो तथ्यांक केलाउदै लेख्नु भएको छः नेकपा स्थायी समिति बैठक जारी छ । समृद्धि आर्थिक विकासबाट आउने हो । यस वर्षको पहिलो त्रैमासिकका सूचकांकहरू आशाप्रद छैनन् । गत वर्षको यही अवधिमा ६ अर्ब ७ करोड विदेशी लगानी भित्रिएकोमा यस वर्ष १ अर्ब ५४ करोडमा सीमित छ, जुन ७५% ले कम हो । व्यापार घाटा बढेको छ ।

Business Doing Index मा नेपाल ५ स्थान पछि धकेलिएको छ । पूँजीगत खर्च जम्मा ११% छ । छलफल यसमा हुनुपर्ने हो । तर, सुनिन्छ, गौतम बुध्दले पढेका थिए कि नपढेरै विद्वान भए ? बुद्धिजीवी ठीक कि बेठीक ? भन्नेमा बहस चलिरहेको छ ।

 

 

जनता समाचार

प्रतिक्रिया दिनुहोस