राष्ट्रपति भण्डारीद्वारा मोबाईल फोनबाटै गढीमाईको शोभा यात्राको सम्बोधन

राजनीति समाचार स्थानीय

श्याम गुप्ता
बारा, असोज १२  : राष्ट्रपति बिध्या देवी भण्डारीले गढीमाई मन्दिरको उचित संरक्षण एवंम् संम्वद्र्धन गर्न राज्यको ध्यान जान जरुरी रहेको बताउँनु भएको छ ।

विश्व प्रशिद्ध गढीमाई पन्च वर्षिय मेलाको शोभा यात्रा तथा समुउदघाटन कार्यक्रमलाई मोबाईल फोन मार्फत सितल निवासबाट सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई नेपालीहरुको लागि नभई विश्वको मान चित्रमा अंकित भईसकेको हुँदा यस मन्दिरको बिकासका लागि सरकार अग्रसर हुँनु पर्ने जरुरी रहेको आवश्यक्ता औल्याउनु भएको हो ।

करिब ४ मिनेंटको मोबाईल सन्देशमा राष्ट्रपति भण्डारी मेलालाई सभ्य , भव्य रुपमा मनाउँनका लागि सबैलाई अपिल गर्नु भयो । सहमति , सहकार्यर एकताको मिलन बिन्दुलाई शिरोधार्य गर्दै बिवाद रहित मेला लगाउँनमा सबैको सहयोग , सर्मथन हँुने कुरामा विश्वास व्यक्त गर्दै राष्ट्रति भण्डारीले यसको मौलिकतालाई जगेर्ना हुँनु पर्नेमा जोड दिनु भयो ।

गढीमाई मन्दिर आँफैमा एतिहासिक , पुरातात्वकि , धार्मिक ,सास्कृतिक महत्व बोकेको हँुदा मन्दिरको पहिचान विश्व सामु अझै गराउँनु पर्नेमा कुँनै कसर बाँकी नराख्ने नेपाल सरकारलाई सुझाव दिनु भयो ।

गढीमाई मन्दिर अहिले पनि विश्व सम्पदाको सुचिमा सुचिकृत नभएको हुँदा त्यस तर्फ पनि सरकारको ध्यान पुग्न जरुरी रहेको बताउँदै उहाँले गढीमाई मन्दिर एउटा पर्यटकिय स्थलको रुपमा बिकास हुँने प्रवल सम्भवना हुँदा हुँदै यसलाई किन राज्यले पर्यटकिय स्थलको रुपमा बिकास गर्न सकेका छैन ? त्यसमा मेरो गम्भिर ध्यानाआर्कषन भएको भन्नु भयो ।

गढीमाई मन्दिरको क्षेत्रमा एउटा सुविधा सम्पन्न अस्पतालको अति नैं आवश्यक रहेको हुँदा यसका लागि आँफुले सक्दो सहयोग गर्ने बताउँदै राष्ट्रपति भण्डारीले भक्तालुहरुको सुविधाका लागि सुलभ शौचालय , शुद्ध खानेपानी , बिजुलीबत्ती , सडक यथाशिघ्र निर्माण गर्नका लागि आँफुले निर्देशन दिईसकेको जानकारी दिनु भयो ।

बारा जिल्ला आँफैमा अनेकतासँगै बिविधताले भरी भराउ रहेको स्मरण गर्दै राष्ट्र प्रमुख भण्डारीले कृषिका लागि सिचाई , डुवान नियन्त्रण गर्नका लागि अल्पकालिन , दिर्घकालिन रुपमा व्यवस्थान गर्न एवंम् माछाको हव भएको यो ठाँउलाई बिकास गर्न सके नेपालको बिकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

एक छुटै प्रसंङ्गमा भण्डारी प्रदेश सरकार अभियान बेटी पढाउ बेटी बचाउ अभियान निकै नैं महत्वपुर्ण रहेको चर्चा गर्दै यस जिल्लामा शिक्षा स्वास्थ्य , कृषि र जल जंगललाई प्रार्थमिकताका साथ अगाडी बढाउँन सके अर्थ तन्त्रमा पनि यसले फडको मार्ने उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा अस्थायी ईजलास उच्च अदालत जनकपुर बिरगंजका मुख्य न्यायधिस डिल्लीराज अचार्य , संघिय साँसद रामसहाय यादव , रामबाबु कुमार यादव , राष्ट्रिय सभाका सदस्य रमेश यादव लगायतकाले दलगत स्वार्थ भन्दा माथि उठेर मेला सञ्चालन गर्नु पर्ने धारण व्यक्त गर्दै जुंङ्गाको लडाईमा नअल्झन सम्पूर्ण जिल्ला बासीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले गरेका थिए , भने धन्यवाद ज्ञापन गर्दै समापन गढीमाई मन्दिर सञ्चालन तथा बिकास समितिका अध्यक्ष रामचन्द्र साहले गरेका थिए ।

कात्र्तिक महिनाको अन्तिम देखि मंसिर महिना सम्म लाग्ने मेलाको पूर्व संध्यामा निकालिएको शोभा यात्राले महागढीमाई नगरपालिकाका , सुवर्ण गाउँपालिकाका र कलैया नगरपालिका लगायतको बिभिन्न स्थानको परिक्रमा गरेको थियो ।

हाँत्ती, घोडा, बाजागाजाका साथ सयौंको संख्यामा गाडी र हजारौंको संख्यामा भक्तजनहरुको सहभागितासँगै ट्राफिक व्यवस्था र सुरक्षाको बाक्लो परिचालन गरिएको थियो । भने मुख्य मेला मंसिर १७ , १८ हुँने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *