आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालीहरुको महान पर्व दशैँ जीतपुरका साथै देशैभरी धुमधामका साथ शुरु

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) ३१७ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज १२ : बाराको जीतपुर लगाएत देशैभरी आईतवारबाट दशैँको रौनक छाएको छ । आईतवार दशैँको पहिलो दिन घरघरमा जमरा राखेर नेपालीहरुले आफ्नो महान पर्व दशैँको शुरुवात गरेका छन् । यसैक्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जीतपुर, वडा नम्बर २ सिमरा लगाएत विभिन्न स्थानमा सामुहिक मुर्ती बनाएर माता दुर्गाको पुजा आराधना शुरु गरीएको छ ।

नौ दिनसम्म चल्ने यस पुजाको पहिलो दिन जीतपुर पुजा स्थलबाट निकालीयको शोभा यात्राले बकुलिया र अमाडारको बिचमा रहेको दुधौरा खोलाको जल संकलन गरी ल्याए पश्चात पुजा शुरु गरीएको छ । यस पुजामा बस्ने ब्यक्तिले नौ दिनसम्म कतिले निराहार र कतिले फलहारी बर्त राख्ने चलन रहेको छ । नौ दिनसम्म चल्ने यस पुजालाई नौ रात्रापनि भन्ने चलन रहेको छ । जीतपुरमा शुरु गरीएको यस पुजामा मुख्य संजय विश्वकर्मा नेतृत्वमा ६० जनाले सामुहिक पुजा गर्ने पुजा समितिका संयोजक संतोष साहले जानकारी दिनुभयो ।

परिवार र समाजमा आउने बाधा ब्यवधानहरुबाट बच्नुका साथै सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै आयोजना गरीएको यस सामुहिक पुजाको पहिलो दिन आईतबार बिहान पूजा समितिका अध्यक्ष श्री सन्तोस साहको अध्यक्षतामा पूजा स्थलबाट निकालिएको शोभा यात्रामा घोडा र बाजागाजाका साथ उपमहानगरको जीतपुर स्थित मुख्य सड्क हुँदै जीतपुरसिमरा उपहानगरपालीकामा रहेको दुधौरा खोलामा पुगि भक्तहरुले जाल बोझी बिभिन्न स्थानहरुको परिक्रमा गरि पुनः पूजा स्थलमा फर्किएको थियो ।

शोभा यात्रामा विभिन्न स्थानबाट आएको भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस