आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भार्डीको दुई गोलसँगै लेस्टर तेस्रो स्थानमा उक्लियो

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) ३४८ पाठक संख्या

असोज , १३ : जिमी भार्डी चम्किएपछि इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि फराकिलो जित हात पारेको छ । जितसँगै लेस्टर तेस्रो स्थानमा उक्लिएको छ ।घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टरले न्युक्यासललाई ५–० गोलले हराएको हो । १० खेलाडीमा समेटिएको न्युक्यासलविरुद्ध लेस्टर अन्तिमसम्म हाबी भएको थियो ।

लेस्टरले १६औं मिनेटमा रिकार्डो परेराको गोलबाट अग्रता लिएको थियो । त्यसपछि भार्डीले ५४औं मिनेटमा गोलगर्दै लेस्टरको अग्रता दोब्बर बनाए ।न्युक्यासलका पउल डममेटले ५७औं मिनेटमा आत्मघाती गोल गरेपछि लेस्टर झनै उत्साहित देखिएको थियो । ६४औं मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल थपे । खेलको ९०औं मिनेटमा विलफ्रेड एनडीडीले अर्को गोल गर्दै लेस्टरलाई फराकिलो जित दिलाए ।

यसअघि ४३औं मिनेटमा इकास हेडेन रातो कार्ड पाउँदै बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा समेटिएको थियो ।जितसँगै तेस्रो स्थानमा उक्लिएको लेस्टरले सात खेलबाट १४ अंक बनाएको छ । पाँच अंक बनाएको न्युक्यासल १९औं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २१ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले १६ अंक बनाएको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस