आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नापोली र रोमा विजयी

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) ३४४ पाठक संख्या

असोज , १३ : इटालियन सिरी ‘ए’ फुटबलको उपाधि दावेदार नापोली र एएस रोमाले कठिन जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ गोलले हरायो । अर्को खेलमा रोमाले लिस्सेलाई १–० गोलले स्तब्ध बनायो ।नापोलीको जितमा ड्रिएस मेर्टेन्सले १३औँ मिनेटमा खाता खोले । कोस्टास मानोलसले ४५औँ मिनेटमा अर्को गोल गरेका थिए । ब्रेसियाका मारियो बालोटेलीले ६७औं मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टरेन ।

जितसँगै नापोली लिगको चौँथो स्थानमा उक्लिएको छ । नापोलीले ६ खेलबाट १२ अंक बनाएको छ । ६ अंक बनाएको ब्रेसिया १४औँ स्थानमा छ ।यसैगरी रोमाको जितमा एडिन जेकोले ५६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै ११ अंक बनाएको रोमा पाँचौं स्थानमा उक्लिएको छ । ६ अंक बनाएको लिस्सेले रेलिगेसन लाइन मात्र छलेको छ ।

अर्को खेलमा चर्चित टोली एसी मिलान फियोरेन्टिनासँग ३–१ ले पराजित भएको छ । जितसँगै आठ अंक बनाएको फियोरेन्टिना नवौं स्थानमा छ । ६ अंक बनाएको मिलान १६औं स्थानमा छ । जारी लिगमा मिलानको यो चौंथो हार हो । लिगको शीर्ष स्थानमा रहेको इन्टरको १८ र दोस्रो स्गानमा रहेको युभेन्ट्सको १६ अंक छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस