भावनाको ‘बोल्दैन फोटो’ सार्वजनिक

मनोरंजन समाचार

असोज , १३ : गायिका भावना आचार्यले ‘बोल्दैन फोटो’ बोलको गीत ल्याएकी छन् ।
‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन् ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ ।

शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर छन् । नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ ।
रातोपाटि ;

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *