आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमरामा गरिमा विकास बैँक

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) ३५१ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज १३ : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा गरिमा विकास बैँकको शाखा संचालनमा आउने भएको छ । बैँकले औपचारीक रुपमा आफ्नो शाखा संचालनमा ल्याउने सम्पुर्ण तैयारी गरेसंगै यो बैँक संचालनमा आउने भएको हो ।

प्रदेश नम्बर २ कै दोस्रो शाखाको रुपमा संचालनमा आउने तैयारीमा रहेको यस बैँकले आईतवार धार्मिक विधिअनुसार पुजा गरेको हो । प्रदेश नम्बर २ को पहिलो शाखा विरगंज पछि दोस्रो शाखाको रुपमा संचालनको तैयारीमा रहेको सिमरा शाखाले भब्य कार्यक्रमका बिच उद्घाटन गर्ने शाखाका प्रमुख समीर लुइटेलले जानकारी दिनुभएको छ ।

उहाँले ब्यवसायीक नगरीको रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक विकासमा आवश्यक सहयोग गर्ने उद्धेश्य सहित यस शाखाले आफ्नो कार्य अगाडी बढाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस