आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको कलैया र सिमरामा फोरजी सेवा संचालनमा आउदैँ

AuthorAP Khabar२०७६ आश्विन १४, मंगलबार (४ साल अघि) २९२ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज १४ : सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रका साथै बाराको कलैया र सिमरामा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । यो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ ।

यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा संचालन गर्दै आएको यस टलिकमले देशैभरी बढि ब्यवसाय र कारोबार हुने स्थान छनौट गरी आफ्नो सेवा विस्तार गर्न लागेको हो ।

टेलिकमले हालसम्मको तयारी अनुसार ५० शहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम गरेको छ जसमध्ये बारा र पर्सा सहित करीब ११० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । बुधबारसम्म त्यस्ता टावरको संख्या १५० सम्म पुग्नेछ । हरेक दिन एक दर्जन टावरको संख्या थपिएको र दु्रतगतिमा काम भइरहेकाले तोकिए भन्दा बढी स्थानमा सेवा पु¥याउने योजनामा टलिकम रहेको नेपाल टलिकम क्षेत्रीय कार्यालय बिरंगजले जनाएको छ ।

निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गरी देशै भरी यो सेवा संचालनमा ल्याउन लागेको हो ।

जनघनत्व बढि भएको स्थानलाई पहिलो प्रथमिक्ता दिएर बाराको सदरमुकाम कलैया र सिमरामा जडान हुन लागेको फोरजी सेवा केहि महिना भित्रमा नै जील्ला भरी संचालनमा आउने नेपाल टेलिकम सिमराका प्रमुख जयनारायण साहले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले तोकिएको समयमा नै टेलिकमको फोरजी सेवा विस्तार गर्न दिनु भएको निर्देशन अनुसार नै काम शुरु भएको आठ महिना पुग्दा नपुग्दै मुलुकका ५० बढी स्थानमा एकै पटक उक्त सेवा पुग्न लागेको हो ।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्ष्भित्र देशभर नै उक्त सेवा पु¥याउने लक्ष्यसाथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस