आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रामबनटाँडीमा उर्केन टसी छोर्लिङ्ग गुम्बा समितिद्धारा सरसफाई

AuthorAP Khabar२०७६ आश्विन १४, मंगलबार (४ साल अघि) ४३७ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज १४ : उर्केन टसी छोर्लिङ्ग गुम्बा समिति रामबन टाडीँले रामबनको गम्बादेखि मन्दिरसम्म सरसफाई गरेको छ । मंगलबार विभिन्न संघसस्थाको सहकार्यमा समितिले सरसफाई गरेको हो ।

रामबन गुम्बाबाट शुरु गरीएको सरसफाई मन्दिरमा आएर सम्पन्न भएको थियो । सरसफाईको क्रममा सडकको दबै छेउमा समेत सफाई गरीएको थियो ।

दशै, तिहार तथा छठ पर्वको पावन असरमा घर आँगन सफा गर्ने धार्मिक मान्यता रहेपनि सार्वजनिक स्थलको यहाँका स्थानियहरुले सामुहिक रुपमा सफाई गरेको गुम्बाका अध्यक्ष शोममाया तामाङ्गले जानकारी दिनुभयो ।

तामाङ्गको नेतृत्वमा गरीएको सरसफाईमा जनजागरण मध्यवर्ती सामुदायीक बन समुहका अध्यक्ष ताराबहादुर कार्की, उर्केन टसी छोर्लिङ्ग गुम्बा समितिका सचिव सरमिला वाईवा, स्थानिय युवा विशाल स्याङबो, राकेश लामा लगाएत उल्लेख्य रुपमा स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस