आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सेफ्टी ट्यांकीमा ५ जनाको शव फेल

AuthorAP Khabar२०७६ आश्विन १६, बिहिबार (४ साल अघि) ४१९ पाठक संख्या

श्याम गुप्ता
बारा , १५ असोज :हत्या गरेर सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा बुधवार राती बारामा पाँच जनाको शव फेला परेको छ ।

जिल्लाको फेंटा गाउँपालिका वडा नं.४ बतारा स्थित सेफ्टी ट्यांकीमा एकै परिवारका चार जना र एक भारतीय नागरिक सहिँत पाँच जनाको शव फेला परेको हो ।

प्रहरी नायाव उपरिक्षक (डि.एस.पी) रविन्द्र सिंह राठोरले पाँचै जनाको शव शंकास्पद अवस्थामा फेला परेको र त्यस बारे अनुसन्धान भईरहेको बताएका छन् ।

मृतकहरुमा ४० वर्षिय जोधा मुखिया बिन , उनकी श्रीमती लाल मुखिया बिन , त्यस्तै उनकी १२ वर्षिय छोरी सुमानी मुखिया बिन , उनका भाई वर्ष ३० का महेन्द्र मुखिया बिन र एक जना भने भारतबाट पाहुँना बस्न आएका बाबा भनिने पुरुष रहेको डि.एस.पी राठोरले जानकारी दिएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको जानकारी दिदै शव पोष्ट मार्टमको लागि पठाईएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस