आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देशका विभिन्न ठाउँमा जाने चालक मापसे गरेको अवस्थामा पक्राउ

AuthorAP Khabar२०७६ आश्विन १६, बिहिबार (४ साल अघि) २५० पाठक संख्या

असोज , १६ : दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ ।ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउने कार्य भने रोकिएको छैन ।

पक्राउ पर्नेमा ना५ख १३२१ नंका चालक रोशन विश्वकर्मा, ना५ख ७३६९ नं बसका चालक शिवजी गिरी, बा४ख ९०६० नंका चालक रितेश नेपाल रहेका छन् । ना८ख ७२९८ नंका चालक भने फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।ट्राफिक प्रहरीले चाडवाडको सुरक्षालाई ध्यानमा राखेर उपत्यकाका ३०० स्थानमा सवारी साधन जाँच गर्दै आएको छ । प्रत्येक वर्ष चाडवाड मनाउन २५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म १२ लाख यात्रु दशैँ मनाउन घर गइसकेका छन् ।नेपाल प्रहरीले उपत्यकामा हुने टिकट कालोबजारीलाई रोक्न उपत्यकाका मुख्य बसपार्कहरुमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गरेको छ । सादा पोशाकमा प्रहरी परिचालनसँगै टिकटमा हुने अनियमिततामा कमी आउने ट्राफिक प्रहरीको विश्वास छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस