आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिमेश्वर सामुदायीक बनद्धारा शुमकामना अदानप्रदान कार्यक्रम

AuthorAP Khabar२०७६ आश्विन १६, बिहिबार (४ साल अघि) ३१९ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज १६ :भिमेश्वर मध्यवर्ती सामुदायीक बन समुह पथलैयाले दशैँ, तिहार र छठको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बिहिवार यस बन समुहले आफ्नो कार्यालयमा औपचारीक रुपमै शुमकामना अदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेश्लकुमार मुल्मीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सभाअध्यक्ष मुल्मुले बनको संरक्षण र पर्यापर्यटनसंग सम्बन्धित यस वडामा विकासको प्रचुर सम्भावना रहेकोले यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले आउदैँ गरेको पर्वले सबैको जीवनमा खुसीयाली ल्याउने शुभकामना समेत ्दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङ्ग सबैको चाहना अनुसार वडाको विकास नै आफ्नो चाहना रहेको बताउनुभएको थियो । उहाँले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठको अवसरमा सबैलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य रामदास धौजु, पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष गोपाल सापकोटा, नेपाल घेदुङ संघका अध्यक्ष राजकुमार डुङजुङ लगाएत समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

सुमन थापा मगरको सहजीकरणमा सम्पन्न कार्यक्रममा शोभा लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस