पथलैया सुकुम्बासि बस्तिमा टोल सुधार समिति गठन

8

एपी खबर
जीतपुर, अशोज १६: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया सुकुम्बासि टोलका महिलाहरुले २१ सदस्य टोल सुधार समिति गठन गरेका छन् । दक्षिणकाली सेवा समितिको नेतृत्वमा यो समिति गठन गरीएको छ ।

जाँड रक्सि र जुवातासबाट दिनदिनै समाजमा विक्रिती फैलिदै गएकोले यस्तो कार्यलाई नियन्त्रण गर्न यस समितिले महिलाहरुको नेतृत्वमा उपसमिति चयन गरेको हो । यस समितिले गाँउमा मदिरा र मदिरा जन्य पदार्थ लगाएत विभिन्न नसालु पदार्थ सेवन गरी होहल्ला गर्ने वा उत्पादन गर्नेलाई कानुनको दायरामा ल्याउन सहयोग गर्ने जनाइएको छ ।

बिहिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया सुकुम्बासि टोलमा बसेको बैठकले इन्दिरा राउतको अध्यक्षतामा २१ सदस्य समिति चयन गरेको छ । यसैगरी समितिको उपाध्यक्षमा सरिता आचार्य, सचिवमा देवीका लामा, सहसचिवमा सीता मैनाली, र कोषाध्यक्षमा रीता विकलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा गीता पहाडी, कलपना श्रेष्ठ, अप्सरा तिमल्सिना, लक्ष्मी पौडेल, शान्ति भेटवाल, मञ्जु थिङ्ग, सुनामया थोकर, बिनिता विक, एलिसा सिवाकोटि, सोनी गुरुङ्ग, सिता थापा, हिरामतीदेबि चौधरी, राधिका तामाङ्ग, सरस्वती आचार्य, सम्झना श्रेष्ठ र निलकुमारी कार्की रहेका छन् ।

दक्षिणकाली सेवा समितिका अध्यक्ष मानबहादुर लामाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक सुभद्रा लामाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य रामदास धौजु, स्थानिय समाजसेवि क्षेत्रबहादुर बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।

Loading...