आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आमाको आशिर्वादसंगै जीतपुरमा भि–मार्ट पसल संचालनमा

AuthorAP Khabar२०७६ आश्विन १८, शनिबार (४ साल अघि) ३५३ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज १८  : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा भि–मार्ट पसल संचालनमा आएको छ ।

कुनै राजनितिक दल वा ठुला पदमा बसेका ब्यक्तिबाट रिबन काटेर ब्यवसाय संचालन गरेको धेरै सुनिन्छ होला तर जीतपुरमा संचालनमा आएको भि–मार्टले आफ्नो आमाको हातबाट रिबन काट्न लगाई उहाँको आशिर्वादसंगै छोराले आफ्नो ब्यवसाय संचालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा सहभागीहरुले रगींचगीं सजीएको पसल र पसलको ढोकामा राखिएको रिबनलाई देखेर कुनै ठुलै मान्छेले उद्घाटन गर्ने सोच बनाईरहेको बेला घरको सिढिबाट हातमा पुजाको थाली सहि आउनुभएका विकासको आमाले रिबन काटेपछि उपस्थित सबै ह्रसित भएका थिए ।

आमा संगीता गिरीसंग छोरा विकासले रिबन काट्न लगाएर ब्यवसायको उद्घाटन गराएको देखेर कार्यक्रममा उपस्थित सबैले यस कार्यको मुक्त कण्डले प्रशसां गरेका थिए ।

विकास जीतपुरसिमरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष एवम समाजसेवि घन्श्याम गिरीका सुपुत्र हुन् । तल र माथि गरी करिब ३० ओटा पसल संचालनमा रहेको आफ्नै गिरी मार्केटमा उनले यो ब्यवसाय संचालनमा ल्याएको तर यसलाई अझै विस्तार गर्ने योजना रहेको संचालक विकासका बुवा गिरीले जानकारी दिनुभयो ।

पसलको उद्घाटन कार्यक्रममा जीतपुरका पुर्व गाविस अध्यक्ष एवम नेकपाका नेता देवनारायण चौधरी, राजपाका नेता एव स्थानिय समाजसेवि शिवजी सोनार लगायत स्थानिय ब्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस