आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाँच्ने रहरसंगै सहयोगको अपिल

AuthorAP Khabar२०७६ आश्विन २३, बिहिबार (४ साल अघि) ३२१ पाठक संख्या

एपी खबर
जीतपुर, असोज २३ : मृत्यूसँग जुधिरहेकी बाराकी सुनिता महत्तोले आफ्नो ज्यानको रक्षा गरिदिन आग्रह गर्नुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ बिसौलियाकी ४० वर्षिय महत्तोलाई ब्रेन ट्युमर भएर उहाँ मृत्यूसँग लडिरहनुभएको छ ।

आर्थिक समस्याका कारण उपचार पाउन नसकेको उहाँलाई आर्थिक सह्योग गरेर ज्यानको रक्षा गरिदिन महतोले सबैलाई आग्रह गर्नुभएको हो । सामान्य चियाको पसल सञ्चालन गर्दै आउनुभएकी महत्तो बिगत तीन महिना देखि मृत्यूसँग लड्दै आईरहनुभएको छ । एकल महिला महत्तोको मस्तिस्कको अपरेशन गर्नु पर्ने भएकोले दश लाख रुपैयाँको आवश्यक्ता परेको बिरामी सुनिता महत्तोले भनाई छ ।

परिवारमा कमाउने कोहि नभएको र १४ वर्षकी एक जना छोरी मात्रै रहेकोले जसो तसो गरी परिवारको गुजारा गर्दै आउनुभएकी सुनिता अहिले आँफै मृत्यूसँग लडिरहनुभएको छ । घरमा कमाउने कोहि नभए पछि उहाँकी छोरी सपना कुमारीले पनि पठन पाठन छोडेर आमालाई चिया पसलमा सघाउँदै आईरहेकी छन् ।

बिगत तीन महिनादेखि आमाको टाउको सामान्य रुपमा दुख्ने गरेको र औषधी खाए पछि आराम हुने गरेको तर यही असोज एक गते सहनैं नसक्ने गरी टाउको दुखेपछि उपचार गराउन जाँदा उहाँलाई ट्युमर भएको डाक्टरले जानकारी दिएको छोरी सपनाले बताईन् ।

दुखाईबाट छट्पटाई रहेकी आमालाई स्थानीयको सह्योगमा छारी सपनाले स्थानीय तराई सिमरा हस्पिटलमा उपचार गराईन् । चिकित्सकको सल्लाह अनुसार आमाको टाउकोको बिरगंज स्थित न्यूरो अस्पतालमा सिटि स्क्यान गराउँदा रिपोर्टमा ब्रेन ट्युमर साबित भएको हो ।

कमाउँने कोहि नभए पछि आर्थिक अभावका कारण महत्तो परिवार अहिले चिन्तित छ । थप उपचारका लागि काठमाण्डौं स्थित न्यूरो अस्पतालमा पु¥याईएकी बिरामी सुनिताको मस्तिस्कको अपरेशन गर्नु पर्ने त्याहाँका चिकित्सकहरुले बताएका छन् ।

दश लाख रुपैयाँको खाँचो भएकाले अझै बढी सह्योगी हाँतहरुको खाँचो रहेको बताउँदै स्थानीय युवा नेता श्यामबाबु गुप्ताले रोगले सानो ठूलो नगन्ने, जो कोही पनि बिरामी हुँन सक्ने भएकाले भालीको दिनका लागि आज हामीले सुतिनतालाई सह्योग गर्नु सबैलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै स्थानीय समाजसेवी राधा देबी साहले बिगत लामो समयदेखि टाउको दुख्ने ब्याथाबाट ग्रसित महत्तोको मस्तिस्कको अपरेशनका लागि सुनिता बचाउ अभियानमा लागि परेका यहाँका सर्वसाधारणले ३२ हजार रुपैयाँ संकलन गरेर पिड्ति सुनितालाई हस्तान्त्रण गरिसकेको जानकारी दिनुभयो ।

सुनिता बचाउ अभियान अन्तरर्गत बिरामी कै छोरी सपना कुमारीको नामको बैंकमा खाता समेत खोलिएको छ । देश विदेशमा रहनु हुने सह्योगी नेपालीहरुलाई सह्योगमा सहजताका लागि एस.बि.आई बैंकमा खाता खोलएिको हो ।
एस.बि.आई बैंक सिमरा बारामा सपना कुमारीको नाममा खोलिएको खाता नम्बर २५३१५२४३२००००४ मा सम्पूर्ण नेपालीले आर्थिक सह्योग गरेर सुनिता बचाउ अभियानलाई सफल पार्नु पर्ने आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस