आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरको फोहोर अब दिनहु सफा हुने

AuthorAP Khabar२०७६ आश्विन २६, आईतबार (४ साल अघि) २४४ पाठक संख्या

AP Khabar – असोज, २६-

बारा  जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरको फोहोर अब दिनहु सफाहुने भएको छ ।

फोहोर फल्ने डम्पिङसाईडमा समस्या आएको र चार्ड पर्व परेकोले फोहोर उठाउन नसकेको जितपुरसिमराको फोहोर नउठ्न सकेको उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेले बताउनु भएको छ ।

यता उपमहानगरपालिकालाई बारमरार फोहोर उठाउन भन्दा पनि फोहोर नउठाई दिदा युवाहरु शुक्रबार रिसले बाटोको फोहोर नगरपालिका भित्र लगेर फाल्ने योजना बनाएका थिए । उपमहानगरपालिकाले शुक्रबार फोहोर उठाई रहेको क्रममा युवाहरु सोही फोहोरलाई नगरपालिका भित्र लगेर खसालेका थिए र करिब आधि घन्टाको लागि बाटो समेत अवरुद्ध गरेका थिए । आफुहरु यस्तो योजना/निर्णय लिए पछि मात्र नगरले देखावटिको लागि फोहोर उठाई रहेको जितपुरका युवाहरुले बताए ।

जितपुर बाजार उपमहानगरपालिको सबै भन्दा ठुलो बाजार भएकोले फोहोर नउठाई दिदा जितपुर ठुस्स गनाएकोले र पथलैया–विरगञ्जको सडक ६ लेन बनाउनको लागि भत्काइएको बाटो अहिले सम्म व्यवस्थित नभएकोले जितपुरमा धुलो पनि धेरैमा मात्रामा उढ्ने गर्दछ । धुलो नियन्त्रण गर्न नगरले बाटोमा पानि समेत नखासाएको युवा र जितपुर बासिहरुले गुनासो गरेका छन् ।

यता बाटो उवरुद्ध हुदा प्रहरी प्रशासन आएर बाटो बन्द नगरि हामि नगरभित्र बसेर छलफल गरि यास्को निचोड निकाल्नु पर्छ भन्दै बाटो खोल्न लगाई नगर भित्र छलफलको लागि लगेको थियो ।

छलफलमा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले फोहोर फल्ने डम्पिङसाईडमा समस्या आएको र चार्ड पर्व परेकोले फोहोर उठाउन नसकेको बताए । उने फोहोर उठाएर उक्त फोहोर फाल्ने उपयुक्त ठाँउ नभएको बताए । डम्पिङसाईडको समस्या छ त्यो समस्या हटेपछि यस्तो फोहोर नउठ्ने समस्या नआउने मेयरले बताए ।

फोहोर सरसफाईका लागि बनाईएको समितिका संयोजकले भने “हामि फोहोर फल्ने ठाँउ खोजिरहेका छौँ तर उपयुक्त ठाँउ पाईरहेका छैनौँ ” यस्तो बाउजुदमा पनि आब देखी जीतपुरको फोहोर दिनहु सफा हुने उनले बताए ।

पथलैया–विरगञ्ज ६ लेन सडर विस्तारको क्रममा बाटो भत्काईएको कारण जीतपुरमा धुलो उड्ने गर्दछ, जितपुरको बाटो निर्माणको ठेक्का लिएको ठेक्केदार संग सम्पर्क नभएकोले यस्को व्यवस्थापन नभएको मेयरले बताए । अब यस्को बारेमा हामि सबै बसेर यस्को निचोड् निकाल्ने भन्दै हालको लागि बाटोमा ट्यान्की द्धारा पानि खसालेर धुलो नियन्त्रण गर्ने मेयरले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस