आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तस्बिरमा हेर्नुहोस् सडकदेखि विमानस्थलसम्म चिनियाँ राष्ट्रपतिको विदाइ

AuthorAP Khabar२०७६ आश्विन २६, आईतबार (४ साल अघि) २४५ पाठक संख्या

असोज , २६ : नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।शनिबार साँझ पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा राष्ट्रपति सी स्वदेश फर्किँदा उनलाई ठाउँठाउँमा सर्वसाधारण तथा सरकारी कर्मचारीहरुले विदाइ गरेका थिए ।राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् ।राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेर राष्ट्रिपति सीलाई विदाई गरेका थिए ।

विमानस्थलमा नेपाली सेनाले राष्ट्रपति सी जिनपिङलाई विदाई सलामी अपर्ण गरेको थियो ।नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान अन वान वार्ता समेत गरे ।२३ बर्षपछि उत्तरी छिमेकी देशबाट भएको उच्चस्तरीय भेटघाटलाई महत्वपूर्ण कुटनीतिक उपलब्धीका रुपमा हेरिएको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस