आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूजा र सौगातको ‘पोई पर्यो काले’ कात्तिकमा

AuthorAP Khabar२०७६ आश्विन २६, आईतबार (४ साल अघि) ३३८ पाठक संख्या

असोज , २६ : कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘पोई पर्यो काले’ । दीपक मनाङ्गेले निर्माण गरेको यो फिल्म कमेडी, सस्पेन्स र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ ।दसैँको अवसर पारेर निर्माण युनिटले केही दिन पहिले ट्रेलर समेत रिलिज गरेको थियो । ट्रेलरमा पनि कमेडी, सस्पेन्स र प्रेकथाका दृश्यले प्रथामिकता पाएका छन् ।

कालो वर्णको केटा मन नपराउने एक युवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई समेत ट्रेलरले देखाउने प्रयास गरेको छ ।‘पोई पर्यो काले’मा शिशिर राणाको कथा तथा निर्देशन छ । एक महत्त्वकांक्षी युवतीको श्रीमान् काले परेपछि उनको जीवनमा आइपर्ने उतारचढाप फिल्मले देखाउन खोजेको निर्देशक राणाले बताए । उनले ‘पोई पर्यो काले’ जस्तो कथामा यस अगाडि फिल्म नबनेको उनले दाबी गरे ।सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।

किरण नेपालीले प्रस्तुत गरेको फिल्ममा निर्माताको रुपमा सरोज नेपाली र दिपक मनाङ्गे रहेका छन् भने अमलादेवी राई यसकी कार्यकारी निर्माता हुन् । लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायाँकन फिल्ममा छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस