आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रामोशको किर्तिमान

AuthorAP Khabar२०७६ आश्विन २६, आईतबार (४ साल अघि) ३४९ पाठक संख्या

असोज , २६ : स्पेनका कप्तान सर्जियो रामोश आफ्नो देशलाई सबैभन्दा बढी खेलमा प्रतिनिधित्व गर्ने युरोपको आउटफिल्ड पुरुष खेलाडी बनेका छन् ।शनिबार राती नर्वेबिरुद्धको खेलमा सहभागिता जनाउँदै रामोशले सो किर्तिमान बनाएका हुन् ।१६८ औँ खेलमा प्रतिनिधित्व जनाउँदै उनले इकर कासियासलाई उछिनेर स्पेनका लागि सबैभन्दा बढी प्रतिनिधित्व गर्ने खेलाडी पनि बनेका हुन् ।खेलमा स्पेन नर्वेसँग १–१ को बराबरीमा रोकिए पनि सन् २०२० को युरो कपको नजिक पुगेको छ ।साउन निग्वेजले स्पेनलाई अग्रता दिलाए पनि इन्जुरी समयमा नर्वेले पाएको पेनाल्टीलाई जोस किङले गोलमा परिणत गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो ।समूह एफमा अब मंगलबार स्वीडेनसँग बराबरी खेले मात्र पनि स्पेन युरो कपका लागि छनौट हुनेछ ।

‘व्यक्तिगत उपलब्धिहरु सहायक हुन्छन्,’ रामोशले भने, ‘पाएको भए यो १६८ औँ प्रतिनिधित्वलाई म टोलीको जीतसँग साट्न चाहन्थे । तर त्यस्तो भएन । यो किर्तिमान मेरो लागि ठूलो पुरस्कार हो र गर्वको विषय पनि ।’‘यो जर्सी लगाउँदा म जहिले पनि भावुक हुन्छु । यो कहिल्यै परिवर्तन हुनेछैन र अझै धेरै वर्ष जारी राख्न पाऊँ भन्ने आशा गर्दछु ।’लगातार सातौँ जीततर्फ अघि बढेको स्पेनका गोलकिपर केपा करिजाबालागाले ओमार एलाब्डेलाओइलाई डि एरियामा लडाउन पुगेका थिए । बोर्नेमाउथका किङले ९४ औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै नर्वेलाई खेलमा फर्काए ।

३३ वर्षीय रियल म्याड्रिड कप्तान रामोशले सन् २००५ मा स्पेनका लागि डेब्यु गरेका थिए । स्पेनको सुनौलो युगको प्रतिनिधित्व गरेका रामोशले विश्वकप र दुई युरोपियन कप जित्न सफल भएका छन् ।अब उनी जियानलुइजी बुफोनको १७६ अन्तर्राष्ट्रिय प्रतिनिधित्वको किर्तिमानलाई उछिन्न मात्र ८ खेलले पछि छन् ।विश्व किर्तिमानलाई उछिन्न भने रामोशलाई अझै केही समय लाग्नेछ । इजिप्टका पूर्व मिडफिल्डर अहमद हसानले सन् १९९५ देखि २०१२ सम्म खेल्दै १८४ पटक देशका लागि प्रतिनिधित्व गरेका थिए ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस