आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिलाहरुले बचत ऋणको साथ साथै विकास निर्माणमा पनि सक्रियता बढाउनुपर्ने मन्त्रि चौधरीको भनाई

AuthorAP Khabar२०७६ आश्विन ३०, बिहिबार (४ साल अघि) २५८ पाठक संख्या

विमल भट्टराई / ईन्दिरा विश्वकर्मा

सुनवल, ३० असोज : महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था लि २० औ बार्षिक साधारण सभा तथा नव निर्मित भवन समुद्धघाटन कार्यक्रम .विहिबार सरावल २ मनरीमा सम्पन्न भएको छ ।

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कुमारी चौधरीको अध्यक्षता एंव् भौतिक पुर्वाधार विकास मन्त्रि बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रमलाई संवोधन गर्दै मन्त्रि चौधरीले महिलाहरु बचत ऋणको साथ साथै विकास निर्माणमा पनि सक्रियता बढाउनुपर्ने बताउनुभएको छ ।

विशिष्ट अतिथी सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी , उपाध्यक्ष उत्तमा राय,सरावल गाउँपालिका वडा नं २ का वडा अध्यक्ष शम्भु चौधरी, जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अलि मोमिन, ब्यवस्थापक रमा सिंह लगाएतको उपस्थिती रहेको कार्यक्रममा असल ऋणि ३ जनालाई सम्मान गरिएको थियो । यस्तै सस्थाका संस्थापक अध्यक्ष एंव् ज्येष्ठ सदस्य ३ जना र एस्.र्इं.ई.मा उत्कृष्ठ नजिता प्राप्त गरेका ३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७५ र ७६ मा ३ करोड ८४ लाख ९८ हजार ४ सय १८ बराबरको कारोबार गरी १३ लाख ७० हजार ७ सय ९९ शुद्ध नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस