आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एनआरएनए अध्यक्षमा कुमार पन्त निर्वाचित

AuthorAP Khabar२०७६ कार्तिक १, शुक्रबार (४ साल अघि) ३५१ पाठक संख्या

काठमाडौं, १ कात्तिक : गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्षमा कुमार पन्त बिजयी हुनुभएको छ । संघको नयाँ कार्यकालका लागि हिजो भएको निर्वाचनमा प्रतिस्पर्धी कुल आचार्यलाई पराजीत गर्दै पन्त विजयी बन्नुभएको हो ।

मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष हुनुहुन्थ्यो । पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गर्नुभएको थियो । उहाँले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिनुृभएको छ ।

यसैगरी संघको उपाध्यक्षमा मिश्रित परिणाम आएको छ । उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । उपाध्यक्षमा विजयी भएका केसी र थापा कूल आचार्य प्यानलका हुनुहुन्छ ।

महासचिवमा डा। हेमराज शर्माले जित्नुभएको छ भने सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी हुनुभएको छ । यसैगरी कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस