आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संयुक्त साकोसको १० औँ वार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar२०७६ कार्तिक २, शनिबार (४ साल अघि) ४५० पाठक संख्या

एपी खबर
जीतपुर, २ कार्तिक : संयुक्त बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्षमा पुनः कासिम मिया सर्वसम्मत चयन हुनुभएको छ । शनिवार बाराको सिमरामा संस्थाको तेस्रो अबिधेसन सहितको १० औँ वार्षिक साधारण सभाले मियालाई पुनः नयाँ कार्यकालका लागि सर्वसम्म चयन गरेको हो ।

यसैगरी संस्थाको उपाध्यक्षमा रेशम तिवारी, सचिवमा पुर्णप्रसाद चिमरिया, कोषाध्यक्षमा यूवराज पौडेल सदस्यहरुमा ईन्द्रप्रसाद दुलाल, ओमकृष्ण कार्की र शायरा खातुन समेच पुनः सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी लेखा समितिको संयोजकमा उत्तमप्रसाद अधिकारी सदस्यमा ईश्वर श्रेष्ठ र सरस्वती अधिकारीपनि सर्वसम्मत चयन हुनुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको थानिमाई बन उपभोक्ता समितिको हलमा सम्पन्न यस १० औँ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष कासिम मियाको सभाअध्यक्षता सम्पन्न भएको थियो । भने कार्यक्रममा डमरु कामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कामीले सहकारीहरु आफ्नो सिद्धान्ता अनुसार संचालन भए समाजलाई आर्थीक विकास हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको थियो । कार्यक्रममा स्थानिय समाजसेवि एवम सहकारीका सदस्य भोला अधिकारी, राजेश गुप्ता लगाएको सहभागीता रहेको थियो ।

पुर्णप्रसाद चिमरियाको सहजीकरणमा सम्पन्न कार्यक्रममा रेशम तिवारीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस