आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सहकारीको माध्यमबाट महिलालाई आत्मनिरभर बनाउन सकिने उपप्रमुख चौधरी

AuthorAP Khabar२०७६ कार्तिक २, शनिबार (४ साल अघि) ३६५ पाठक संख्या

एपी खबर
जीतपुर, २ कार्तिक  : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरीले सहकारीको माध्यमबाट महिलाहरुलाई सबल बनाउन सकिने बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको थियो ।

उपप्रमुख चौधरीले समाजलाई आर्थिक रुपमा सक्षम बनाउन महिलालाई सबल बनाउन आवश्यक रहेको बताउदै सहकारीले सिपका साथै सिपको सदुपयोग गर्ने लगानी गरे महिलाहरु आत्मनिरभर हुने बताउनुभयो । उहाँले नगरपालिकाको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा अबको दिनमा सहकारी र सहकारी कर्मिलाई हुन सक्ने समस्याका सथै सहकारीले गर्दै आएको कारोबारको बारेमा उपस्थित अतिथीले बोल्ने क्रममा प्रकाश पार्नुभएको थियो ।

संस्थाका अध्यक्ष सिता उप्रतीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, स्थानिय समाजसेवि देबनारायण चौधरी, हातेमालो सहकारीका अध्यक्ष यज्ञबहादुर आले, जील्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मुकुन्द बहादुर क्षेत्री, विजयराज शर्मा, बिद्या थापा, चन्दा साह, जनकल्याण बहुउद्धेश्य सहकारीका ब्यस्थापक संतोष यादब लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस