आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक अनुशासनको पालना गरौं

AuthorAP Khabar२०७६ कार्तिक ५, मंगलबार (४ साल अघि) ३४८ पाठक संख्या

एपी खबर
बारा, ५ कात्र्तिक  : प्रदेश नम्बर २ का प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले सिमरामा सवारी दुर्घटना न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकार निकायहरु बिच अन्तरक्रिया तथा चार्ड पर्वको शुभकामना अदान प्रदान कार्यक्रममा कुरा सम्पन्न गरेको छ ।

“हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत यो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी ईकाई कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरिक्षक किशोर कुमार दहालले सडकमा अनुशासन हुने भएकाले सबैले ट्राफिक नियम अनिवार्य रुपमा पाल्ना गर्न आग्रह गर्नुभएको छ । त्यसैगरी सहयोग, समर्थन र सहभागिताले मात्र दुर्घटना न्यूनिकरण गर्न सकिने उनले दावी गर्नुभयो ।

तराई यातायात व्यवसायी संघ सिमराका अध्यक्ष ओमकृष्ण कार्कीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाका प्रहरी उपरिक्षक लोक बहादुर पाल, ईलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत कृष्ण गैरे, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, स्वतन्त्र मजदुर चालक संघका महासचिव अर्जुन शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण भने प्रहरी नायब निरिक्षक सुरेन्द्र प्रसाद कोईरालाले गरेका थियो । कार्यक्रममा सरोकारवाला , विधार्थी , शिक्षक , सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस