आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा प्रहरी निकायबाट प्राप्त हुने सेवा तथा सुविधा र न्यायिक प्रकृया बारे एक दिने अन्तरकृया कार्यक्रम

AuthorAP Khabar२०७६ कार्तिक ५, मंगलबार (४ साल अघि) २५१ पाठक संख्या

एपी खबर
जीतपुर, ५ कार्तिक : बाराको सिमरामा प्रहरी निकायबाट प्राप्त हुने सेवा तथा सुविधा र न्यायिक प्रकृया बारे एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सहज नेपालको आयोजना तथा सामुदाय प्रहरी साझेदारी कार्यक्रमको सहजीकरणमा यो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक सुभद्रा लामा र शिव श्रेष्ठले समाजमा हुने हिंसाका बारेमा कानुनमा भएको ब्यवस्थाको बारेमा जानकारी दिनुभएको थियो ।

उहाँहरुले प्रहरीले साझेदारी कार्यक्रमले जनताको विश्वास जित्दै गएको बताउदै समाजमा हुने हरेक घटनाको बारेमा प्रहरीमा जानकारी गराउन उपस्थित सबैमा जानकारी गराउनुभएको थियो ।

प्रहरीले समाजमा हुने हिसां अन्तरगत महिला हिसां, लैङ्गिक हिसां, लागुपदार्थ दुरवेसन, बालबिवाह, बहुबिवाह, समाजिक कुरिती लगाएतको घटनाको अपराध गरेको खण्डमा कानुनमा भएको ब्यवस्थाको बारेमा जानकारी गराएका थिए ।

करिब ६० जना स्थानियको उपस्थिती रहेको यस कार्यक्रममा कार्यक्रम संयोजक मुना बरालको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस