आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई कोठे बिधालय भवनको उद्घाटन तथा हस्तानांतरण कार्यक्रम सम्पन्न

AuthorAP Khabar२०७६ कार्तिक २३, शनिबार (४ साल अघि) ३१५ पाठक संख्या

नूर आलम बादशाह,।
कार्तिक २३ गते।
श्री नेरानिमावि बसवरिया बाराको हाताभित्र नव निर्मितदुई कोठे बिधालय भवनको सिम्रौनगढ़ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादवले आज एक कार्यक्रमका बिच शिलालेख अनावरण तथा प्रवेशद्वारमा रिवन काटि उद्घाटन गर्नु भएको छ । उद्घाटन पश्चात् नगर प्रमुख यादवले भवनको निरीक्षण समेत गर्नुभएको छ ।

सीडीपी बाराको सहयोग र सिम्रौनगढ़ नगरपालिकाको सहकार्यमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख यादवले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उत्कृष्ट शिक्षाका लागि सुविधा सम्पन्न भौतिक संरचनाहरुको समेत महत्वपर्ण भुमिका रहने बताउँदै आगामी दिनमा उक्त बिद्यालयलाई चाहिने थप भौतिक संरचना निर्माणमा नगरपालिकाको सहयोग रहने बताउनु भयो ।

साथै कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बिधालयका प्रअ उमा शंकर यादवले शिक्षक र अभिभावक संगको समन्वयात्मक भुमिकाबाट मात्रै बिधालयलाइ सही दिशातिर उन्मुख गर्न सकिने बताउदै समुदायसंगको साझेदारीलाई जोडदिन सम्पुर्णमा आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नगर उप प्रमुख रीमा देवी कुशवाहा, सीडीपी बाराका को आर्डिनेटर बिपिन दास, शिक्षक संयोजक नुराजाम मियां, वडा अध्यक्ष अरबिन्द यादव, हेमचन्द्र जैस्वाल लगायतले मन्तब्य राख्नु भएको थियो। उक्त कार्यक्रममा स्वकीय सचिव गुड्डू यादव, शिक्षकगण सरफलाल यादव, राम असरे प्रसाद यादव, बिधालयका छात्र छात्रा, बिभिन्न संघ संस्थाका प्रधाधिकारी, बसवरिया प्रहरी चौकी का इन्चार्ज लगायत स्थानीय अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन मनु यादवको थियो।

प्रतिक्रिया दिनुहोस