आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अष्ट्रेलियामा भीषण आगलागी कम्तीमा तीनको मृत्यु, १५० घरमा क्षति

AuthorAP Khabar२०७६ कार्तिक २४, आईतबार (४ साल अघि) ३४४ पाठक संख्या

कार्तिक २४ एजेन्सी।

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको छ ।

आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका बताइएको छ । सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि हजारौं मानिसहरू विस्थापित भएका छन् । केही हराइरहेका छन् । समाचारहरूमा जनाइएअनुसार करिब १५० घर आगोमा जलेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस