आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किन फिल्ममा आउन चाहन्नन् श्रृङ्खला ?

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ४०० पाठक संख्या

काठमाडौं , पौष ०३ :  ‘मिस बर्ल्ड’मा भाग लिएर नेपाल आएकी श्रृङ्खला खतिवडा अब आफूले मकवानपुरमा सुरु गरेको होलपोष्टलाई पुरा गर्ने तयारीमा जुटेकी छिन् । धेरै मिस नेपालहरुको पहिलो गन्तव्य चलचित्र क्षेत्र नै बनिरहेको छ । चलचित्र क्षेत्रमा आउन चाहने मिस नेपालहरु सफल भने भएका छैनन् । पूर्व मिस नेपाल निकिता चण्डकले त आफ्नो १ बर्षे संझौता सकिएको भोलीपल्टै नयाँ चलचित्रमा संझौता गरेकी थिइन् । अहिले उनले काम गरिरहेको चलचित्र ‘रानी महल’को छायांकन रोकिएको छ ।

यसैले, श्रृङ्खलाको लोकप्रियतालाई हेरेर उनलाई चलचित्रमा अभिनय गराउने सोच धेरै निर्माताले बोकेका छन् । तर, खतिवडाले भने आफू चलचित्रमा नआउने बताइन् । उनले भनिन्–‘मलाई चलचित्रमा खासै रुची नै छैन । मेरो पढाई नै आर्किटेक्चर भएकाले म त्यता काम गर्छु ।’

उनले आफूलाई अभिनय गर्न नआउने पनि बताइन् । आफूले सुरुवातमै चलचित्रमा रुची नभएको बताएकाले पनि कुनै निर्माताले अफर नगरेको तर्क उनको छ । श्रृङ्खलाले आफूलाई क्यामेरा अगाडि खुशी नमिल्ने र अभिनय गर्न पनि नआउने बताएकी हुन् ।

हुनत, सुरुवाती दिनमा धेरै ‘मिस नेपाल’हरुले चलचित्रमा काम गर्दिन भनेको सुनिन्छ । तर, उनीहरुले करिअरको गन्तव्य नै चलचित्र क्षेत्रलाई बनाएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस