आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

के गम्भिर बनेका हुन् आर्यन सिग्देल ?

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ४४८ पाठक संख्या

काठमाडौं , पौष ०३ :  नायक आर्यन सिग्देलले बेलामा सोचेको भए, उनको स्टारडम यति चाडो सकिनेवाला थिएन । चलेको बेलामा आर्यनले अफर आएका जस्ता पनि चलचित्रमा काम गर्दा उनको स्टारडम कमजोर बनेको हो । आर्यन सिग्देललाई त्यो बेलामा धेरै चलचित्र नखेल्न सुझाव दिनेको संख्या धेरै थियो । तर, उनले यो कुरा सुनेनन् । अहिले आएर सायद उनले यो कुराको महशुश गर्न थालेको हुनुपर्छ ।

नेपालमा स्टारडम उचाइमा रहँदा रहँदै सकिएको कसैको छ भने त्यो आर्यन र नायक जीवन लुइटेलको हो । नायक आर्यन सिग्देल अहिले काममा गम्भिर बन्न थालेका छन् । निर्देशक विकासराज आचार्यले आर्यनलाई चलचित्रमा लामो कपाल र दाह्री पाल्न लगाए । आर्यन यसमा गम्भिर बने र आफ्नो गेटअप परिवर्तन गरे । आर्यनले एक भेटमा भने–‘निर्देशक ज्यूले भनेपछि नमान्ने कुरा नै भएन । यसैले मैले पनि आफूलाई परिवर्तन गर्नै पर्यो ।’

आर्यनले आफूले समयमा धेरै चलचित्र खेलेर गल्ती गरेको महशुश आफू निकट चलचित्रकर्मीसँग व्यक्त गर्न थालेका छन् । यसैले पनि अब उनी काममा गम्भिर बनेको वुझाई उनी निकट चलचित्रकर्मीको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस