आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला कर्मचारीमाथि निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

AuthorAP Khabar२०७६ कार्तिक २६, मंगलबार (४ साल अघि) ३६० पाठक संख्या

कार्तिक २६ कैलालि:

कैलालीका एक वडाध्यक्ष आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-५ का वडाध्यक्ष छविलाल हौजाली मगर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै पीडितले निवेदन दिएपछि पक्राउ गरिएकाे हाे ।

कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस