आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

(Untitled)

AuthorAP Khabar२०७६ कार्तिक २७, बुधबार (४ साल अघि) ५४८ पाठक संख्या

कार्तिक २७ काठमाडौं । दरबारमर्गमा दुई वर्षअघि एकल महिलामाथि सामूहिक बलात्कार भएको ठहर अदालतले गरेको छ ।

उक्त घटनामा मुख्य अभियुक्त शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला भएको छ । मतियारमा विकास गौतम र दीपक श्रेष्ठलाई जनही एक वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

कार्की रामेछाप दुरा गाउँका हुन् भने गौतम काभ्रे चौरी देउराली र श्रेष्ठ सिन्धुपाल्चोक जेठलका उनीहरु काठमाडौंमा बस्दै आएका थिए ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दोषीलाई कैद सजाय र पीडितलाई क्षतिपूर्ति हुने फैसला सुनाएको हो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस