आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व प्रसिद्ध गढीमाई मेला आईतवार (आज) बाट शुरु

AuthorAP Khabar२०७६ मंसिर १, आईतबार (४ साल अघि) ५२५ पाठक संख्या

अनिल तिवारी
बारा, ०१ मङ्सिर । प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गते अर्थात् भोली आईतवारबाट सुरु हुँने भएको छ ।  विश्व कै बढी बली चढने शक्तिपिठहरु मध्येको पहिलो स्थानमा रहेको गढीमाई मंदिरमा अहिंसावादीहरुले आ–आफ्ना ढंङ्गले बली रोक्ने रोकाउँने प्रयास गरे पनि पछिल्ला वर्षमा बलीको संख्यामा बृद्धि हुँदै आएको छ ।

मेलामा आउँने भक्तजनहरु मध्ये भारतबाट मात्रै ६५ प्रतिशत आउँने र बली चढाउँनका लागि पशुहरु समेत उनीहरुले नैं बढि ल्याउँने गरेको मेला समितीले जनाएको छ ।

  एक गतेबाट सुरु हँुन लागेको यो मेलामा मंसिर १७ गते देखी मन्दिर परिसरमा भाकल गरेका परेवाहरु उडाउँने गरिन्छ ।

१७ गते राति बिधीवत पुजा आरधाना गरे पछि १२ बजे शुभ साईतको समय निकालेर ब्रहम स्थानमा पञ्चवली बोका , मुसा , कुखुरा , सुंगुर , हाँस र बनारसका डोम राजाले पठाएको राँगाको बलि पछि सम्पूर्ण राँगाको बली खुल्छ ।

१८ गते अन्य बली आ–आफ्ना सुविधा अनुसार दिईने मन्दिरका पुजारी मंगल चौधरी थारुले जानकारी दिए ।

अत्याधिक मात्रामा बली हुँने हुँदा राँगाको बली तोकिएको स्थानमा र अन्य पशुको बलि मन्दिर परिसरबाट ९ की.मी.लाई मानिएको छ , भने बली पनि भाकल गर्नेहरुले आँफुलाई पायक पर्नै स्थानमा दिने चलन छ । १७ र १८ गते लाई वली चडाउँने दिन तोकिएको छ ।

मंदिरका मुल पुजारी मंगल चौधरीका अनुसार मंसिर १७ गते राती १२ बजे पछि नर बली स्वरुप तान्त्रिकले निधार , जिब्रो , कान र छातीबाट एक एक थोपा रगत चढाए पछि बत्ति आँफै प्रज्वोलीत भई बिधिवत तरिकाले कार्यक्रम अगाडी बढ्ने बताए ।

शान्तिपूर्ण रुपमा मेला सम्पन्न गर्नका लागि यात्रुहरुको व्यवस्थालाई सहज बनाउँन आवश्यक्ता अनुसार नेपाल प्रहरी , सशस्त्र प्रहरी र राष्ट्रिय अनुसान्धानलाई खटाएर सुरक्षा मिलाउँने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

भारतको सितामढी बैरगेनीया, घोडासन , आदापुर रक्सौल , नेपालको बिरगंज , कलैया , गौर , पिलुवा लगायतका मार्गबाट सजिलै मेला स्थल पुग्न सकिने ब्यवस्था मेला समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस