आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतबाट मान्छे ल्याएर आगो लगाउँछु भन्दै प्रहरीलाई आलामको धम्की

AuthorAP Khabar२०७६ मंसिर २, सोमबार (४ साल अघि) ४४८ पाठक संख्या

मङ्सिर ०२ काठमाडौं – बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन्।

पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन्। २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका समाचार कान्तिपुर दैनिकमा छ। आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ? प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं। जय नेपाल, नमस्कार भनेका छौँ। आलम : (गाडीमा हात बजार्दै) हँ…यो जिल्लामा आग (आगो) लाग्छ, आग। प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।

आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस… (उनी आफ्नो मोवाइल फोन हेर्छन्) प्रहरी : त्यसो भन्न मिल्दैन हजुर। आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ।

म तपाईंको के हो? म डकैत हुँरु डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले। प्रहरी : हैन माननीयज्यू। आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ…

प्रतिक्रिया दिनुहोस