आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति सन्तुलन मिलाउने कसरत जारी

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) ३८८ पाठक संख्या

काठमाडौं मङ्सिर ०३। 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति सन्तुलन मिलाउने कसरत जारी रहेपछि विस्तार गरिने भनिएको मन्त्रिपरिषद् पुनर्गठनको विषय सकसपूर्ण बनेको छ । पार्टी एकीरण प्रक्रिया टुंग्याउन बसेको सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनको विषयमा छलफल भएपनि निष्कर्ष निस्किन नसकेको हो ।

सचिवालय बैठकले शीर्ष नेताहरुसँग परामर्श गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको भएपनि अन्य वरिष्ठ नेताहरुसँगको परामर्श लम्बिएका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्नमा ढिलाई भइरहेको नेकपा स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुन -कुन मन्त्री हटाउने र नयाँ कसलाई मन्त्रीको जिम्मेवारी दिने भन्नेबारे सहमति नहुँदा पुनर्गठनको विषय सकसपूर्ण बनेको हो ।

मुख्य दुई विकल्पमा छलफल
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका सवालमा खासगरी दुई विकल्पमा छलफल अघि बढाउनुभएको छ ।

पार्टीभित्रको शक्ति सन्तुलनलाई मध्यनजर गर्दै ओलीले पहिलो विकल्पमा केही मन्त्रीलाई मात्रै हटाउने मनस्थिति बनाएको देखिन्छ । तर केहीलाई मात्रै हटाउँदा पार्टिीभित्रको शक्तिसन्तुलन बिग्रिनसक्ने प्रधानमन्त्रीको आशंका छ ।

मन्त्रिपरिषद् पुनर्गठनको दोस्रो विकल्पका रुपमा प्रधानमन्त्रीले ठुलै संख्यामा मन्त्री हेरफेर गर्ने र त्यसका लागि पार्टीभित्रको शक्ति सन्तुलनलाई प्रवाह नगरी योग्य र सक्षम नेताहरुलाई सरकारमा समेट्ने तयारीबारे पनि सोचिरहनुभएको बताइन्छ ।

प्रधानमन्त्रीलाई हटाउनैपर्ने मन्त्रीको सूचि बनाउन र सरकारमा ल्याउनैपर्ने नेताहरुको टुंगो लगाउन सकस परिरहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस