आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा बारा द्वारा मसिर १० गते निजगढमा हुने जनसभाको तयारी तिब्र ।

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) ३७९ पाठक संख्या

एपी संवादाता
सिमरा, ३ मंसिर  : नेकपा प्रदेस नम्बर २ को आयोजना हुने र नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल९ प्रचण्ड ०को प्रमुख अतिथ्यतामा मंसिर १० गते निजगढमा बिकास र समृद्धिका लागि हुन लागेको जनसभाको तयारिका लागी मंगलबार नेकपा जिल्ला कमिटी बाराको बैठक बडहर्वामा सम्पन्न भएको छ ।

बैठकले मंसिर १० गते निजगढमा ब्यापक रुपमा जनसहभागिता जुटाउने निर्णय गरेको छ । बैठकले मंसिर ४ गते बाराजिल्लाका सम्पुर्ण गाउँ,नगर, उपमहानगरपालिका र प्रेस सङगठन कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ नेकपा बाराका नेता मनोज पौडेलले बताउनु भयो । त्यसै गरि बैठकले बिभिन्न उपसमितिलेहरु गठन गरेको पौडेलले जानकारी दिनुभयो ।

बैठकले यहि मसिर १४ गते बारागढि गाउपालिका वडा नम्बर ५ हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट अध्यक्ष पदका उम्मेदवार शन्कर चौधरीलाइ बिजय बनाउन सम्पुर्ण मतदाताहरुमा आह्वान गर्नुका साथै निर्वाचनमा लाग्न सम्पुर्ण पार्टी पंक्तिलाइ निर्देशन दिएको छ । जिल्ला कमिटीको अर्को बैठक मंसिर २१ गते आयोजना गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षता र सुन्दर बिकको सहजिकरणमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज बलबिर चौधरी,सह इन्चार्जहरु गोपाल ठाकुर,ज्वाला साह,प्रदेस कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस