आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जना बारा प्रहरीको नियन्त्रणमा

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) २८७ पाठक संख्या

बारा मङ्सिर ०३ : बारा प्रहरीले श्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

पचरौता नगरपालिका वडा नम्बर ८ लंगडा चोकबाट बाराकै सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानीका २२ वर्षीय राजन कुमार दुबे र २३ वर्षीय सुनिल महतो नुनियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढबाट कलैयातर्फ आउँँदै गरेको ना २६ प १६४९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी नियन्त्रणमा लिएको बाराका प्रहरी प्रबक्ता रञ्जितसिंह राठोरले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरीको हिरासतमा राखि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस