राष्ट्रिय जनता पार्टी नेपालको रौतहटको अधिवेशनमा विवाद भएको छ । जिल्ला सम्मेलनको विषयमा लगातार तिन दिन देखिको विवादले आज मंगलबार छूटाछूटै अधिवेशनको आयोजना परे पनि विवादका कारण अधिवेशन भन्ने सम्पन्न हुन सकेको छैन् ।

राजपाका अध्यक्ष मण्डका सदस्य एवम संघीय सांसद अनिल कुमार झा समर्थन गरेको पक्षमा जिल्ला अध्यक्ष पदका शेख जमशैद एवम लिला शाह विच सामान्य विबाद हुदा गौर राइस मिलको सभाहलमा आयोजित जिल्ला सम्मलेन स्थगित गरिएको छ ।

राइस मिलको कार्यक्रममा राजपाका केंद्रीय पर्यबेक्षक सुनील रोहित सहभागी भएका थिए ।
अर्को तिर प्रदेश सांसद बाबूलाल साह समर्थकमा रहेका जिल्ला अध्यक्ष मंडलका ४ जना सदस्यले रामजानकी धर्मशालामा आयोजना गरेका जिल्ला सम्मलेनमा प्रमुख अतिथिमा गोविन्द चौधरी उपस्थित भएका थिए ।

जिल्ला अधिवेशन प्रतिनिधि छनौटमा संघीय सांसद अनिल झाले मनोपोली गरेको भन्दै असन्तुस्टि जनाउँदै ४ पूर्व अध्यक्षले आयोजना गरेको जिल्ला सम्मलेनमा दुइ जना अध्यक्ष पदमा उम्मीदवारी दर्ता गराएका छन ।

झा पक्षमा शेख जमशैद, लीला साह र खेन्हा साहले उम्मीदवारी दर्ता गराएका हुन ।
शांतिपूर्ण तरीकाबाट मनोयन पत्र दर्ताको कार्य संपन्न भएको प्रदेश सांसद साहले जनाएका छन ।

२८४ मतदाता रहेका जिल्ला सम्मलेनमा बहुमत सदस्य संख्या प्रदेश सांसद साहको पक्षमा रहेका छन । निवर्तमान जिल्ला सचिव राकेश यादवले विखंडनवादी सोच लिएका व्यक्तिहरुले पार्टी बिभाजन गर्ने उदेश्यले दुइ ठाउमा कार्यक्रम आयोजना गरेको आरोप लगाएका छन ।

सचिव यादव संघीय सांसद झाका समर्थक रहेका छन । लीला साह र शेख जमशैद विच हल्का विबाद भएको पुस्टि गर्दै सचिव यादवले सहमतिको प्रयासको लागि कार्यक्रम स्थगित गरिएको दावी गरेका छन ।

केंद्रीय पर्यबेक्षकको रुपमा आएका सुनील रोहितले केहि प्राविधिक त्रुटिको साथै आतंरिक विबाद सहमतीय प्रणाली द्वारा अन्त्य गर्नको लागि स्थगित गरिएको बताएका छन ।

दुवै पक्ष विच रहेको असहमति अन्त्य गर्दै मूलधारमा ल्याउने प्रयास गरिने नभए बुधवार पुनः निर्वाचनको तालिका सार्वजानिक गरी बहुमतिय प्रणालीले अधिबेशन गराउने जनाए ।

मधेश आन्दोलनको कारण रौतहटमा स्थापित भएका राष्ट्रिय जनता पार्टी नेपालको आतंरिक विबादले असर पार्ने सम्भावना बढेको छ ।

जातिबाद, परिवारबाद सोच लिएर अघि बढिरहेको संघीय सांसद झाको कारण पार्टी भित्र आपसी द्वन्द सृजना भएको असंतुस्ट पक्षका नेता बाबुलाल शाह लगायतकाहरुको आरोप रहेका छन ।