आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्रीहरुलाई प्रधानमन्त्रीको आग्रह स् मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु, भोलि कार्यक्रममा नजानुस्

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) २७० पाठक संख्या

काठमाडौं, ३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने, ‘कसैले पनि अन्यथा नलिनुहोला ।’

नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

 

 

साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस