आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा मोटरसाइकल  ट्रयाक्टरसँग  ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) ३३६ पाठक संख्या

अखिलेश कुमार यादव।रौतहट मङ्सिर ०३ :

रौतहटमा मोटरसाइकल  ट्रयाक्टरसँग  ठोक्किँदा मंगलबार साँझ चालकको घटनास्थलमै ज्यान गएको छ ।

पूर्व पश्चिम  राजमार्गको लमाहा नजिकै रहेको लच्का छेउमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा आगलागी भएको र आगलागी बाट मोटरसाइकल जल्दा नम्बर पलेट खुल्न सकेको छैन। निजगढबाट चन्द्रपुर आउँदै गरेको ज १ त ३८५७ नम्बरको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने चालकको परिचय खुल्न सकेको छैन ।  घटनास्थलमा प्रहरी पुगेर आगो निभाएको छ । मोटरसाइकल सडक बाट तल झरेर पुर्णरुपमा जलेका कारण मोटरसाइकल नम्बर पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस