आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१० दिनसम्म विद्यालय बन्द गर्ने

AuthorAP Khabar२०७६ मंसिर ३, मंगलबार (४ साल अघि) ३३३ पाठक संख्या

मंसिर ३ बारा बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरेर १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

मेला भर्न नेपाल र भारतका विभिन्न ठाउँबाट लाखौं भक्तजन आउने र त्यसको व्यवस्थापन सामुदायिक विद्यालयमै गर्नुपर्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

नगर शिक्षा समितिका सदस्य परमहंस यादवले समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको समितिको बैठकले मंसिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बताए । गढीमाई मेला मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।

नगर क्षेत्रमा मेला सञ्चालनका लागि भौतिक पूर्वाधार अभाव भएका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा तयारी गर्नु परेकाले बिदा दिनुपरेको प्रमुख यादवले बताएका छन् ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल समिति र १४ उपसमिति गठन गरिएको बताएका छन् ।

मेलाको सुरक्षाका लागि करीब एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । मेला क्षेत्रमा ६० सीसीटीभी क्यामरा समेत जडान गरिने छन् ।

प्रतिक्रिया दिनुहोस