आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हंगेरीलाई हराउँदै वेल्स युरोकपमा छनोट

AuthorAP Khabar२०७६ मंसिर ४, बुधबार (४ साल अघि) ३२२ पाठक संख्या

मङ्सिर ०४ एजेन्सी ।

युरोकपमा छनोट हुन जित निकाल्नु पर्ने निर्णायक खेलमा सहज जित निकालेपछि वेल्सले युरोकपमा स्थान बनाएको छ ।

वेल्सले निर्णायक खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै समूहमा दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो । वेल्सका लागी दुवै गोल एरोन राम्सीले गरे । पहिलो पटक प्लेइङ ११ मा परेका राम्सीले १५ औं मिनेटमा नै वेल्सको खाता खोलेका थिए । ४७औं मिनेटमा राम्सीले किफेर मोरेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।

जितसँगै समूहको दोस्रो स्थानमा रहेको वेल्सले आठ खेलबाट १४ अंक बनाएको छ । यस समूहको विजेता बन्दै युरोकपमा छानिएको क्रोएसियाको १७ अंक छ ।

हारसँगै १२ अंक बनाएको हङ्गेरी तेस्रो स्थानमा सिमित बन्यो ।

प्रतिक्रिया दिनुहोस