आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दै

AuthorAP Khabar२०७६ मंसिर ४, बुधबार (४ साल अघि) ३३६ पाठक संख्या

मङ्सिर ०४ काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्न साढे १२ बजे बाेलाइएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

बैठकमा पार्टीका सांगठनिक गतिविधि विस्तार तथा विधान संशोधनका विषयहरु मुख्य एजेण्डा रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकमा निकै लामो समयदेखि बस्न नसकेको नेकपाको स्थायी कमिटी बैठक बोलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेको विषयमा समेत बैठकमा छलफल हुने र त्यसपछि मात्रै निर्णय बाहिर आउनसक्ने पनि आंकलन गरिएको छ । प्रवक्ता श्रेष्ठले भने बैठककाे औपचारिक एजेण्डामा सरकारका मन्त्री हेरफेरकाे विषय नरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस