आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मंसिर ५ गते देखि चपुरमा हुने प्रदेश स्तरिय क्रीकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

AuthorAP Khabar२०७६ मंसिर ४, बुधबार (४ साल अघि) ५६३ पाठक संख्या

रौतहट ४ मंसिर । “खेलकुद स्वास्थ्यका लागि स्वास्थ्य जनशक्ति सम्बृद्ध राष्ट्रका” लागि भन्ने मुल नाराका साथ यहि मंसिर ५ गते देखि रौतहटको चन्द्रपुर नगरपालिकामा हुने स्वर्गीय सन्तदास कार्की (दासबुवा ) तथा स्वर्गीय रामकुमार कोईराला स्मृती दुई नम्बर प्रदेश स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिता २०७६ को सम्पुर्ण तयारी पूरा भइसकेको छ।

दुई नम्बर प्रदेशको ८ वटा जिल्लाका क्रिकेट खेलाडीको सहभागिता रहने प्रतियोगिताको खेल भने चन्द्रनिगाहपुर स्थित  स्वर्गीय शेर बहादुर दर्लामी खेल मैदानमा हुने भएको छ ।

प्रतियोगिता मंसिर १२ गते सम्म हुनेछ । खेलले यसक्षेत्रको आकर्षण बढाउने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि सम्पुण तयारी पुरा भएको देबराज कार्कीले पत्ररकार सम्मेलन मार्फत जानकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस