आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला सरोकार मञ्चद्धारा बकुलिया माध्यमिक विद्यालयलाई सय थान बेन्च हस्तान्तरण

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ५३३ पाठक संख्या

AP डेस्क
जीतपुर, पुस ३ : महिला सरोकार मञ्च जीतपुरले जीतपुरसिमरा उपमहानगर ५ बकुलिया माध्यमिक विद्यालयलाई सय थान बेन्च हस्तान्तरण गरेको छ । सस्थाको समाजिक उतरदायीत्व अन्तरगत सेभेन ओमेन नेपालको सहकार्यमा विद्यालयलाई यती सहयोग गर्ने सफल भएको हो ।
मंगलवार बकुलिया माध्यमिक विद्यालयमा आयोजित ओपचारीक कार्यक्रमका बिच संस्थाले जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरीको प्रमुख आतिथ्यतामा सो सहयोग हसतान्तरण गरेको छ ।
सहयोग हस्तान्तरण गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख चौधरीले शिक्षाको विकासमा सहयोग र सहकार्य गर्ने सेभेन ओमेन नेपाल र महिला सरोकार मञ्चलाई धन्यवाद दिनुभएको थियो ।
उहाँले जीतपुरसिमरा उपमहानगरपालिकामा नमुना विद्यालयको रुपमा रहेको बकुलिया माध्यमिक विद्यालयलाई आफ्नो शैक्षिक स्तरमा थप सुधार ल्याउने सल्लाह दिदै नगरपालिकाको कार्यालयको तर्फबाट यस विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।
महिला सरोकार मञ्चका वरिष्ठ उपाध्यक्ष आशा दहालको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरी, सेभेन ओमेन नेपालकी अध्यक्ष अनिता नेपाली, उपाध्यक्ष महेश्वर घिमिरे, कोषाध्यक्ष पदमकुमार श्रेष्ठ, विद्यालय ब्यवसथापन समितिका जेष्ठ सदस्य हरिनारायण चौधरी, समाजसेवि राजेन्द्र चौधरी, विद्या महर्जन, विद्यालयका प्रधानाध्यापक किशोरी यादब लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा देवि सापकोटाले सहजिकरण र रञ्जना झाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस